शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिका ११ को वडा कार्यालय उद्घाटन गरिएको छ । नगर प्रमुख दिल बहादुर ऐरले रिवन काटेर वडा कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख ऐरले सिंहदरवारको अधिकार गाउँ गाउँमा पुगेको चर्चा गर्दै स्थानिय बासिन्दाले वडा कार्यालयबाटै जनताका सबै काम हुने भएकाले नगरपालिका कार्यालय धाउनु नपर्ने बताए । वडा अध्यक्ष दिल बहादुर बुढाले वडा कार्यालय निर्माणका क्रममा निकै चुनौतीको सामाना गर्नु परेको बताए । वडा कार्यालय निर्माण भए पछि जनताले सेवा पाएका छन । यसमा खुसि भएको उनको भनाई थियो ।

मुद्दा मामिला देखि अनेकौं अडचन गरिए पनि वडा कार्यालय निर्माण गरी जनतालाई सहज रुपमा सेवा दिन सकिएको उनले बताए । रेडक्रस उप शाखा झलारीका निवर्तमान सभापती शेर बहादुर साउदले वडा कार्यालय स्थापना भएपछि सेवा लिनका लागि सेवाग्राहीलाई निकै सहज भएको बताए । वडा सदस्य शिवराज भट्ट, जय बहादुर बिष्ट, बसन्त सामुदायिक वनका अध्यक्ष रन सिंह सुनार लगायतले समेत कार्यक्रमा मन्तव्य राखेका थिए ।

