चुनाव लड्न काँग्रेस कञ्चनपुरका उप सभापति रानाद्वारा शिक्षकबाट राजिनामा

कञ्चनपुर: स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएपछि कञ्चनपुरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पदबाट राजिनामा दिएका छन । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर बेलडाँडी गाँउपालिका ५ ईमलियामा रहेको गणेश माध्यामिक विद्यालयका शिक्षक हरिशचन्द्र रानाले पदबाट राजिनामा दिएका हुन । काँग्रेंस कञ्चनपुरका उपसभापति समेत रहेका प्राथमिक तह राहत तृतिय श्रेणीमा कार्यरत रहेका शिक्षक रानाले आइतबार राजिनामा दिएका हुन ।
उनले विद्यालयका प्रअ कृतिलाल चौधरीलाई राजिनामा पत्र बुझाएका छन । १ असोज ०५८ सालदेखि रानाले सोही विद्यालयमा निजी स्रोतमा शिक्षण गर्दै १ पुष ०६१ देखि राहत अनुदान कोटामा कार्यरत थिए । गत मसिरमा सम्पन्न भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट राना काँग्रेस कञ्चनपुरको उपसभापतिमा निर्वाचित भएसंगै उनीमाथि नैतिक संकट परेको थियो । पार्टीको जिल्ला उपसभापति जस्तो पदमा निर्वाचित रानालाई नेता बन्नेकी शिक्षक बन्नेमा द्वविधा परेका बेला चुनावकै मुखमा आएर राजिनामाले कतै चुनावको तयारी रहेको आशंका उब्जाएको छ ।
संस्थापन कोईराला पक्षीय आदिवासी जनजाती समुदायका युवा नेता रानाले शिक्षकबाट राजिनामा दिएसगै पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रका लागि चुनाव लड्ने चर्चा चलेको छ । तर, उनले चुनाव लक्षित नभई नैतिक रुपमा राजिनामा दिएको प्रतिकृया दिएका छन । ‘एउटा पार्टीको निर्वाचित जिल्ला उपसभापतिले शिक्षक बन्नेर दैनिक पढाउने कि, नेता बन्नेमा नैतिक प्रशन आउँछ, ‘उनले भने, ‘मैले शिक्षकको बाटो बन्द गरे, राजनीतिमा आएर जनताको सेवा गर्छु ।’

ताजा समाचार