बेलौरीमा बनजंगल संरक्षण गर्न “बन डढेलो सप्ताह”

पुनर्वास- “आयोजना डढेलोबाट बनलाई जोगाऔ, बन जंगलमा सलाई तथा लाईटरको प्रयोग नगरौं , आगलागीबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔ, बन जंगलमा धूम्रपान नगरौं” जस्ता दर्जनौं नारा सहित कंचनपुरको बेलौरीमा ” बन डढेलो सप्ताह” कार्यक्रम मनाएको छ । सोमबार बेलौरी नगरपालिकाको छोटी सिंहपुर, मैनाहा स्थित कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाले अमर स्मृति सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणमा बन जंगल संरक्षण गर्न ” बन डढेलो सप्ताह” आयोजना गर्दै सम्पन्न गरेको हो । विभिन्न नारा सहितका प्लेकार्डका साथमा बेलौरीको शान्तिपुर देखि निकालिएको र्याली अमर स्मृति सामुदायिक वन उपभोक्ताको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै कुण्डाका सहायक बनअधिकृत दिनेश यादवले प्रायः चैत-बैशाख सुरु हुन थालेपछी हावाहुरीले आगलागीका घटनाहरु बढ्ने भएका कारण यस्ता घटनाले जनधन, पशुचौपाया, बनजंगललाई हुने नोक्सानी नियन्त्रणका लागि जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको बताए । “बन र बन्यजन्तुको संरक्षण गर्नु बन कार्यालयको मात्रै जिम्मेवारी नभई जनता र उपभोक्ताको अझै बढी भुमिका र दायित्व रहन्छ ।”, अधिकृत यादवले भने, “कंचनपुर जिल्लामै सबै भन्दा बढि निजि बन पुनर्वास र बेलौरी क्षेत्रमा रहेको छ ।”

चैत १ गते देखि ७ गते सम्म सञ्चालन सप्ताह कार्यक्रममा जनप्रतिनिधि, अमर स्मृति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, पारीजात सामुदायिक बन उपभोक्ताका पदाधिकारी, स्थानीय, सुरक्षाकर्मी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । अमर स्मृति सामुदायिक वन उपभोक्ताका अध्यक्ष खडक चौधरीको सभाध्यक्ष तथा कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाका सहायक बन अधिकृत दिनेश यादवको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथीमा बेलौरी-७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ आसिन थिए । भने कार्यक्रमलाई सञ्चालन पारीजात सामुदायिक बनका कोषाध्यक्ष पेपुराम चौधरीले गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds