कञ्चनपुरमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गरिने


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गरि पालिकालाई क्रमशः सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गरिने भएको छ । आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्टिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा पालिकाको सहकार्यमा गरिएको अन्तरक्रिया कार्यक्रममा पालिकालाई क्रमशः सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गरिने भएको हो । नगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि १० बुँदे प्रतिबद्धता गरिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०६८ सालमा सुर्तीजन्य पदार्थ ऐननियम सम्बन्धि बनेको कानुन अनुसार देशका बिभिन्न ठाउँमा लागु भएको छ वा छैन भनेर भीमदत्त नगरपालिकाका वडा अध्यक्ष सदस्य पालिका नगर प्रमुख उपप्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजकबाट ऐन नियमलाई तदारुकताका साथमा लागु गर्न १० बुँदे प्रतिबद्धता गरिएको बताए ।

अहिले पनि नेपालमा वर्षेनी २७ हजार जनाको मृत्यु यस्तै लागु पदार्थ मदिरा सुर्तीजन्य पदार्थको प्रयोगबाट भईरहेको उनले बताए । बर्षनी ४७ अर्ब रुपैँया उपचारमा खर्च गरिन्छ र विश्वभरीमा वर्षनी ८० लाख जनाको मृत्यु यस्तै पदार्थ खाएर भईरहेको जिकिर गरे, उपचारमा लाग्ने खर्चले परिवार पनि आर्थिकरुपमा कमजोर बनाउने पनि यो समस्या बढदै गएको बताए । सन,२०१८ मा गरिएको सर्वेमा नेपालमा ३० प्रतिशत व्यक्तिहरुले सार्वजनिक स्थलमा सुर्तीजन्य लगायतका पदार्थ खाएको पाईयो भने ७० प्रतिशतले प्रयोग नगरेको पाईएको राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक शर्माले बताए ।

भीमदत्त नगरपालिका जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले अहिले पनि जिल्लामा सुर्तिीजन्य पदार्थलाई न्युनिकरण गर्न चुनौती भएपनि सबैले हातेमालो गय्रो भने आफनो प्रतिबद्धता पुरा गरिने बताए । यस्तो छ प्रतिबद्धता १ सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गर्दै सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि व्यापक अभियान संचालन गर्नेछौं ।२ सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि आजको दिनबाट शुरु गरी यस भीमदत्त नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारी सुर्तिजन्य पदार्थको सेवन छोडने प्रतिज्ञा गर्दछौं । ३ यस पालिकाका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्ती जन्य पदार्थ निषेध गरिनेछ । ४ सुर्तीजन्य पदार्थमा नियन्त्रणको लागि इजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचविखन गर्न पाउने व्यवस्था गरिनेछ । ५ सुर्ती जन्य पदार्थ प्रयोगकर्ताहरुलाई सुर्ती जन्य पदार्थको लत छुटाउन राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था गरिनेछ । ६ सुर्ती जन्य पदार्थको नियन्त्रण तथा नियमनको लागि अध्ययन तथा अनुसन्धान गर्दै जानेछौं । ७ जनसमुदाय तथा सरोकारवालाहरु जस्तै आमा समूह, शिक्षक, पत्रकार, युवा कलव, टोल विकास संस्थाहरु आदिसंग सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि अन्तरक्रिया तथा छलफललाई व्यापक गरिनेछ । ८ मुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका संघिय कानुनहरु तथा स्वास्थ्य सेवा ऐन २०५५ अनुसार भीमदत्त नगरपालिकाको सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि रणनीति तयार गरिनेछ । यसको लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले प्राविधिक सहयोग गर्नेछ । ९ सुर्ती जन्य पदार्थको नियन्त्रण तथा नियमनको लागि निरन्तर अनुगमन तथा सुपरभिजन गरिनेछ । १० यस पालिकालाई क्रमशः सुर्ती जन्य पदार्थ रहित पालिका घोषणा गरिनेछ ।


ताजा समाचार

spot_img