लालपुर्जा नभएका नागरिकलाई पनि हात्तीबाट हुने क्षतिपुर्ति दिन माग


कञ्चनपुर : जमिनको लालपुर्जा नभएका कञ्चनपुरका नागरिकले समेत हात्तीबाट हुने नोक्सानीको क्षतिपुर्ति दिन माग अघि सारेका छन । पुनर्वास नगरपालिका क्षेत्रका हात्तीपीडित किसानले लालपुर्जा नभएका जनतालाई पनि हात्तीबाट हुने क्षतिपुर्ति दिन माग गरेका हुन । बुधबार पुर्नवास नगरपालिका क्षेत्रका हात्ती पीडित किसानले राष्ट्रिय भूमि आयोग कञ्चनपुरलाई ज्ञापन पत्र बुझाउँदै हात्तीबाट हुने क्षतिको लालपुर्जा नभएका कारण क्षतिपूर्तिबाट बञ्चित भएको बताएका छन । पुनर्वासका स्थानीय अगुवा एव हात्ती पीडित किसान श्याम परियारले जंगली जनावर हात्ती सहितबाट आफुहरुको बर्षनी अन्नबाली, एव भौतिक क्षति हुँदा समेत सरकारी निकायबाट लालपुर्जा नभएका किसानलाई क्षतिपूर्ति नदिने व्यवस्थाले आफुहरु मारमा परेको बताए ।

‘जो संग लालपुर्जा छैन, त्यो नागरिक नै बढि पीडित हुन्छ, ‘उनले भने, ‘लालपुर्जा नहुँदा सुकुमबासी, भूमिहिन र अव्यवस्थित बसोबासी नागरिक मारमा छौँ, त्यही भएर राष्ट्रिय भूमि आयोग मार्फत लालपुर्जा वितरण नहुँदासम्म पीडित नागरिकले क्षतिपूर्तिका लागि पहल गरिदिन आयोगलाई गुहारेका छौँ ।’ यस्तै भीमदत्त नगरपालिका १३ क्षेत्रका हात्तीपीडित किसानले समेत हात्तीबाट हुने क्षतिपूर्ति दिन माग अघि सारेका छन । स्थानीय किसान ज्योती रसायीले ०२२ बर्षदेखि बस्दै आएका किसानसंग लालपुर्जा नहुँदा हात्तीबाट हुने क्षतिपूर्ति नभएको बताए । फियान नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक मुकुन्द रानाले नागरिकको खाद्य अधिकार क्षतिपूर्ति सुनिश्चितता हुनुपर्ने बताए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र राज ढुङगानाले लालपुर्जा नपाउँदासम्म हात्तीपीडित भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी जनतालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताए । लालपुर्जा नहुँदा हातीबाट हुने क्षतिको पीडितले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन ।


ताजा समाचार

spot_img