मित्र समाजद्वारा घाटीमा ट्युमर भएका असाहय युवकको उद्दार


कञ्चनपुर : मित्र समाजले घाटीमा ट्युमर भएका एक असाहय युवकको उद्दार गरेको छ । मित्र समाज कञ्चनपुरले मंगलबार घाटीमा ट्युमर भएका एक असाहय युवकको उद्दार गरेको हो । अछामको पायल घर बताउने अर्जुन नामका ४५ बर्षिया युवकको उद्दार गरेर अस्पताल पठाएको छ ।

मित्र समाज कञ्चनपुरका अध्यक्ष जितेन्द्र रावल सहितका युवाहरुले अलपत्र परेका युवालाई स्थानीय वाणी अस्पतालमा उपचार गरेर थप उपचारका लागि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाएको छ ।


ताजा समाचार

spot_img