महेन्द्रनगर : पछिल्लो समय दार्चुलामा असर पर्ने गरी भारतलले एकतर्फी रुपमा निर्माण गर्न लागेको भारतीय तटबन्धः दुवै देशका जानकारहरु संग संयुक्त बैठक हुनु पर्नेमा जोड महेन्द्रनगर । पछिल्लो समय दार्चुलामा असर पर्ने गरी भारतलले एकतर्फी रुपमा निर्माण गर्न लागेको तटबन्धको विषयमा छलफल भएको छ । भारतले महाकाली नदीमा बनाइरहेको तटबन्धका विषयमा विवाद सृजना भएपछि दार्चुला सदरमुकाम खलंगामा छलफल गरिएको हो ।

शनिवार भारतका धारचुला बचाऔँ अभियानका अध्यक्ष विरेन्द्र सिंह नवियाल, ठेकेदार नारायण सिंह विष्ट, निर्माणमा संलग्न ईन्जिनियर एवं स्थानीयह?को टोलीले महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टसँग निर्माणका क्रममा उत्पन्न समस्याका विषयमा छलफल गरेका हुन् । भारतको सिचाइ विभागले महाकाली नगरपालिका—४ बंगाबगड पारीपट्टि महाकाली नदीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । तटबन्धको काम नेपाल–भारत जोड्ने झोलुंगे पुल क्षेत्रभन्दा माथि दुई प्याकेजमा भइरहेको उनीह?ले बताएका छन् ।







