कञ्चनपुर : सेवा निवृत सरकारी कर्मचारीलाई कञ्चनपुरमा सम्मान गरिएको छ । शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कञ्चनपुरको जिल्ला सम्मेलनमा सेवा निवृत कर्मचारीलाई सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र महासंघ कञ्चनपुरले सेवानिवृत कर्मचारीलाई सम्मान गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ कञ्चनपुरका नेता बिनोद जोशीले देश, जनता र संगठनमा उच्च भूमिका निर्वाह गरेका सेवानिवृत कर्मचारीलाई सम्मान गरिएको बताए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मान बहादुर धामी (सन्तोष)ले दोसल्ला ओढाएर सम्मान गरेका छन ।

डा. पदमराज कलौनी, शंकर दत्त जोशी, देवीदत्त कलौनी, गगन सिह भण्डारी, केशवराज लेखक पुर्ण सिह साउद, कृष्णदत्त भट्ट, देवदत्त भट्ट, नन्दकिशोर भट्ट, केशव सिह भण्डारी, पुरुषोत्तम भट्ट, प्रयागदत्त भट्ट, मोहन चन्द, बलदेव अवस्थी, मोहन देव पाण्डेय रहेका छन । उनीहरुले देश र जनताका लागि काम गरेको भन्दै दोसल्लाका साथै प्रमाण पत्रका साथ सम्मान गरिएको छ ।







