शुक्लाफाँटामा मणिकाधाममा मेला लाग्ने,


महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिकाले शुक्रबार आज स्थानीय विदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडा –८ स्थित मणिकाधाम बैजनाथ मन्दिरमा लाग्ने मेलाको अवसरमा नगरपालिकाले एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।

गत वर्षको नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकले गरेको निर्णय अनुसार विदा दिईएको नगर प्रमुख दिल बहादुर ऐरले जानकारी दिएका छन् । नगरपालिका अन्र्तगतका शैक्षिक संस्था सामाजिक संस्था, सरकारी तथा गैर सरकारी संस्था सबैमा विदा दिईएकोउनले बताए ।


ताजा समाचार

spot_img