कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका एम बि ए का विद्यार्थीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगरको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन ।

रक्तदान कार्यक्रममा सहभागी सम्पुर्णलाई प्रमाणपत्र तथा फलफुल पनि बितरण गरिएको थियो । रक्तदान कार्यक्रममा विश्वविद्यालयका एच ओडि शंकर दत्त भट्ट , नेपाल रेडक्रस महेन्द्रनगरका प्रतिनिधि नरेन्द्र जोशी तथा शिक्षक सुरेश सिह भन्डारीको सहभागीता रहेको थियो । भने रक्तदान कार्यक्रमका संयोजकमा मनिष भण्डारी र रेनुका पातली रहेका थिए ।







