भीमदत्त नगरका दर्जनौँ युवा माओवादीमा प्रवेस


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका दर्जनौँ युवा नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । माओवादीकै संघर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्र वर्तमान जनताको व्यवस्था आएको भन्दै भीमदत्त नगरपालिका १६ नम्बर वडाबाट दर्जनौँ युवा माओवादी प्रवेस गरेका हुन ।

माओवादी केन्द्र निकट वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले भीनपा १४नम्बर वडाबाटै काँग्रेस, एमाले, राप्रपा सहितका विभिन्न युवा पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेको बताए । उनका अनुसार काँग्रेसबाट हरि नेपाली, अनिता मिश्र, ईश्वरी दमाई, एमालेबाट बासु दमाई, हिमानी माली, शंकर दमाई, दिपक दमाईले प्रवेस गरेका छन ।

केही दिन अघि पनि एमाले, काँग्रेस, राप्रपा सहितका दल परित्याग गरेर माओवादी केन्द्रमा युवा प्रवेस गरेका थिए । माओवादी प्रवेस गर्नेहरुलाई माओवादी केन्द्रका नेता एव प्रदेशका राज्यमन्त्री मान बहादुर सुनार, कृष्णदत्त जोशी(बोक्सर) सहितले पार्टीमा स्वागत गर्दै उचित जिम्मेबारी दिईने बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img