भारतीय सवार हेलिकप्टर बझाङ पुग्दा सम्म प्रशासन अनबिज्ञ


महेन्द्रनगर : भारतीय नागरिक सवार हेलिकप्टर बझाङ पुगेको प्रशासनलाई थाहा नै नभएकोपार्यएको छ । बिहिवार थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको हो । कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो । स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका नागरिकले सेती नदी अवलोकन गरेर फर्केका छन् ।

थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले हेलिकप्टर आउने जानकारी नै नभएको बताए । हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेर सुन्नमा आएको उनले बताए । त्यसपछि हामीले प्रहरीलाई खबर गरेका थियौँ, प्रहरी पुग्नुअघि नै उनीहरु उडे ।’ हेलिकप्टरमा चालक सहित पाँच जना भारतीयमूलका नागरिक रहेको उनले बताए । ‘हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए,’ वडाध्यक्ष जोशीले भने, ‘उनीहरु करिब आधा घण्टा बसेपछि गए ।’

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनबिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधीखोजी भइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्याल बताउँछन् । ‘हेलिकप्टरमा को, किन आए भनेर खुलेको छैन । हामीलाई कुनै पूर्व जानकारी पनि थिएन,’ उनले भने, ‘यस बारेमा हामी बुझ्दै छौँ ।’


ताजा समाचार

spot_img