महेन्द्रनगर : बैतडीको पाटन नगरपालिकामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम शुरु भएको छ । पाटन नगरपालिकामा रहेका सबै माध्यमिक तहका विद्यालयहरुमा सञ्चालन गरिने सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रममा बुधवार पहिलो दिन नगरपालिकाको वडा नम्वर १० कालिका माध्यमिक विद्यालय बाट शुरु गरिएको हो ।

नागरिक र प्रहरीको सम्बन्धलाई बलियो बनाउनका लागि पनि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अघि बढाइएको इलाका प्रहरी कार्यालय पाटनका इन्पेक्टर राजेस साहिले बताए । उक्त कार्यक्रममा जनचेतना फैलाउने, अवैध मदिराको कारोबारमा रोक लगाउने, अपराधका बारेमा प्रहरीलाई सूचना दिने, सडक दुर्घटना, आत्महत्या, घरेलु हिंसा, लैङिगक हिंसा सम्बन्धिका कार्यक्रमहरु सञ्चालन भइरहेको सहकर्मि सुरेस महराले जानकारी दिए ।







