राप्रपा प्रवक्ता शाहीः कञ्चनपुरका आरक्ष पिडितहरुकोे जग्गाफिर्ता हुनु पर्छ


महेन्द्रनगर : कञ्चनपुरमा रहेका आरक्ष पिडितहरुलाई सरकारले उनिहरुको जग्गाफिर्ता तथा पूर्नश्थापना गरिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले बताएका हुन् । अहिले पनि जिल्लामा २ हजार ३ सयबढी आरक्ष पिडित रहेका हुनाले उनिहरुलाई सरकारले उनिहरुको जग्गा फिर्ता गरी यथसिघ्र बासको व्यवस्था गरिनु पर्ने बताए । आफनो पार्टीले विगतमा पनि पिडितहरुको समस्याको समाधान गरेको र आगामी दिनमा सरकारमा आयो भने, ६ महिना भित्रै आरक्ष पिडितहरुको समसया समाधान गर्ने बताए ।

यसैगरी उनले, गैर सरकारी संस्था अर्थात (एनजिओ) हिन्सा भड्काउने उद्यत रहेको बताएका छन । एनजिओले मुलुकमा हिन्सा गराउने मात्रै काम गरेको बताएका हुन् । सबै एनजिओ खराब नभएपनि केही एनजिओहरुले मुलुकमा हिन्सा भड्काउने मात्रै काम गरेको आरोप लगाए । विदेशबाट डलर ल्याएर नेपालीलाई अल्छी बनाउने, धर्मान्तर गराउने, दाजुभाईविचद्वन्द्व सृजना गराउने गरेको बताए । प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउनका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । आगामी चुनावमा राप्रपाले सम्वैधानिक राजतन्त्र सहित प्रत्यक्ष कार्यकारी प्रंधानमन्त्रीको व्यवस्था बनाउने एजेण्डा लिने बताए । नेपालको माटो सुहाउने व्यवस्था गर्नुपर्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img