भारतले कालापानी क्षेत्रमा सडक कालोपत्रे गर्दै, हेलिकोप्टरबाट सामग्री ढुवानी


महेन्द्रनगर : कालापानी क्षेत्रको सडक कालोपत्रे गर्न भारतले हेलिकोप्टरबाट सामग्री ढुवानी गरिरहेको छ । भारतले तावाघाट लिपुलेक सडकलाई सुधार गरि कालापत्रे गर्ने काम तिव्ररुपमा अगाढी बढाई रहेको हो । कालोपत्रे गर्न मेसिन लगायतका सामग्रीहरु पिथौरागढबाट गुञ्जी सम्म चिनुक हेलिकोप्टरबाट ढुवानी भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । भारतीय सेनाको निर्माण कम्पनी विआरओले धार्चुला लिपुलेक सडक सुधार तथा कालोपत्रेको काम तिब्ररुपमा अघि बढाएको छ ।

सडक कालोपत्रेमा प्रयोग हुने ठुला–ठुला मेसिनका पाटपुर्जाहरु सडकबाट ढुवानी गर्न अप्ठ्यारो भएकाले अलग अलग गरेर चिनुक हेलिकोप्टरबाट गुञ्जी सम्म ढुवानी भइरहेको छ । गुञ्जी भारतले अतिक्रमण गरेको नेपाली गाउँ हो । गुञ्जी गाउँ नेपालको नयाँ नक्सामा समेटिएको छ । यस गाउँमा कालापानी बाट बगेर आउने नदी र लिम्पीयाधुरा बाट बगेर आउने नदीको दोभान छ । गुञ्जीमा भारतले तीनवटै सुरक्षा निकायका मुख्य कार्यालय तथा बैंक लगायत कार्यालय राखेको छ । लिपुलेक सम्म सडकको ट्रयाक खोलेपछि कालोपत्रेका लागिहाल युद्धस्तरमा काम भइरहेको बताइएको छ । कालोपत्रेका लागि हटमिक्स मेसिन हेलिकोप्टर मार्फत गुञ्जीमा ढुवानी गरिएको छ भने सडक छेउमा पर्खाल लगाउने, नाली बनाउने , कर्लभट राख्ने लगायतका काम धमाधम भइरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img