डडेल्धुराको अमरगढी किल्ला प्रर्वधनकाका लागि हाफ म्याराथन


महेन्द्रनगर : डडेल्धुरामा हाफ म्याराथन २०७८ दौड प्रतियोगीताको प्रथम स्थान पुरुष तर्फ रण बम गणमा कार्यरत नेपाली सेनाका जवान नरेश बोहरा र महिलातर्फ प्रथम नेपाली सेनामा कार्यरत ज्योति राना दमाईले हात पारेका छन् । ऐतिहासिक अमरगढी किल्ला प्रचारप्रसार, संरक्षण तथा प्रर्वधनका लागि खुल्ला हाफ म्याराथन २०७८ दौड प्रतियोगीता आयोजना गरिएको थियो । नेपाली सेना दिवस पारेर रण बम गण दह व्यारेक र अमरगढी नगरपालिका डडेल्धुराको आयोजनामा दौड प्रतियोगिता गरिएको हो । २१ किलोमिटर दौडमा पुरुषतर्फ रण बम गणमा कार्यरत नेपाली सेनाका जवान नरेश बोहरा प्रथम, नेपाली सेनाकै रामसिंह पाल द्धितीय, वीरेन्द्र चन्द तृत्तीय र मनरा मोहर चौथो भएका छन् ।

२१ किलोमिटर दौडमा महिलातर्फ प्रथम नेपाली सेनामा कार्यरत ज्योति राना दमाइ, द्धितीय सरस्वती थापा, तृत्तीय नमरता थापा, चौथो अजयमेरु गाउँपालिका–४ की करुणा ऐरी भइन् । महिला र पुरुषतर्फ प्रथम, द्धितीय र तृत्तीयले क्रमशः नगद १० हजार मेडल तथा प्रमाण पत्र, नगद ५ हजार मेडल तथा प्रमाण पत्र, नगद ३ हजार मेडल तथा प्रमाण पत्र र सन्तोना हुनेले १ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेको रण बम गण डडेल्धुराले जनाएको छ । २१ किलो मिटर दौड अमरगढी किल्लाबाट उग्रताराको सायक गेटबाट फर्केर तुफानडाँडा, बागबजार स्याउलेबाट फर्केर फेरि किल्लामै समापन भएको थियो । ८ किलोमिटर किल्लादेखि स्याउले र स्याउलेबाट किल्लासम्म सरकारी अधिकारी, पत्रकार, प्रमुख तथा प्रतिनिधिहरूले वार्क गरेका थिए । प्रतियोगितमा १ सय ६० भन्दा बढीले भाग लिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img