कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरका दुई नेकपा एमाले युवा नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन । शुक्लाफाँटा नगरका एमाले युवा नेता बिमल बम र हरेन्द्र बहादुर चन्दले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । चन्द र बमले मंगलबार संयुक्त रुपमा एमाले नगर इन्चार्ज शुक्लाफाँटा नगरलाई सम्बोधन गरेर संगठित सदस्य परित्याग गरेको घोषणा गरेका छन ।

विगतदेखि आफुहरु एमालेको विभिन्न मोर्चामा जिम्ेमबारी सम्हाल्दै आएको र हाल पाटी भित्र विभिन्न नेताकार्यकर्ताहरु व्यक्तिगत स्वार्थका लागि पार्टी विधि विधान विपरित समाजलाई हानी नोक्सानी हुने गरि गतिबिधी गरिरहेकाले जबजको सिद्धान्तमा रही गलत गतिबिधी प्रवृति बिरुद्धमा बोल्दा धम्की आईरहेकाले आजैका मितिदेखि पार्टीको कुनैपनि कमिटिमा नरहनेगरी पार्टीको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन । चन्द एमाले नगर कमिटि सदस्य र बम पुर्व अनेरास्ववियू सचिवालय सदस्य हुन ।

उनीहरु दुवै जना विगतका चुनावदेखि अन्य पार्टीको काममा ईमान्दारितापुर्वक रातदिन खटिदै आएको एमाले शुक्लाफाँटा नगरका नेताहरुले बताएका छन । बमले समय सधैभरी एकसाको रहदैन, दलिय अत्याचार अब युवाले सहदैन, नीतिगत भ्रष्टाचार सधैभरी रहदैन, बिमल कुमार बम अध्यक्ष स्वतन्त्रबाट शुक्लाफाँटा नगरपालिका ४को भावि वडाध्यक्षमा उम्मेदवारी समेत घोषणा गरेका छन ।







