कञ्चनपुर : एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा उज्जल सिह धानुक चयन भएका छन । शनिबार महेन्द्रनगरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको जिल्ला बैठकले अध्यक्षमा धानुकलाई चयन गरेको हो । सर्वसम्मत आधारमा माओवादी निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्लाको कार्य समिति चयन गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका नेता गणेश धानुकले बताए ।

उनका अनुसार सहमतीय आधारमा २९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष गोबिन्द बहादुर ढाँट, उपाध्यक्ष डम्बर दत्त जोशी, ज्ञानु आग्री, महिला उपाध्यक्ष गंगा रावत, सचिव हेमराज राना, अर्थ सचिव भगरथ पाण्डे, सह सचिव नाथ बहादुर बुढा, सह सचिव महेशराज भट्ट भएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको बरिष्ठ उपाध्यक्षमा चयन भएका छन । गोबिन्द बहादुर ढाँटले संगठनको कामकाज र आम शिक्षकको हकहितका लागि काम गर्ने प्रतिबद्धता जोहर गरेका छन ।

अध्यक्षमा चयन भएका उज्जल धानुकले पनि जिल्लाका शिक्षकको हकहितका साथै अधिकारका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका जिल्ला संयोजक गंगादत्त भट्टको अध्यक्षता एव शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेश इन्चार्ज चेतना रेग्मीको प्रमुख आथित्य एव माओवादी नेता देवेन्द्र ढुङगानाको बिशिष्ठ आथित्यमा कार्यक्रम भएको थियो ।







