कञ्चनपुर : भीनपा–७ हल्दुखाल घरमा पार्किङ्ग गरेको अवस्थामा मोटर साईकल चोरी भएको छ । यही भदौंमा अत्तरिया सोरुम बाट किनेको टुटवान्टी बाईक कालो रातो रङ्गको सुपप्र ०१.१० प ३७०६ घर बाट चोरी भएको दिनेश लुहारले बताए ।

हुलास सहकारी बाट निकालेको उक्त मोटरसाईकल १६ गते विहान ३ बजे चोरी भएको छ । आफुले रहरले किनेको मोटरसाईकल घरमै राखेको अवस्थामा चोरी हुदाँ लुहार चिन्तीत भएका छन् । उनले प्रहरीमा खबर गर्ने देखि लिएर सबै ठाउँमा खोजेको बताउछन् । आफु काठमाडौं बस्दै आएकोले मोटर साईकल पनि त्यति नचलाएको उनि बताउछन् ।







