८ महिनामा १५ जनाको उद्धार


महेन्द्रनगर : मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी भीमदत्त नगरस्तरीय परियोजना सल्लाहकार समितिको वैठक आइतबार सम्पन्न भएको छ । माइती नेपालले सञ्चालन गरेको महिला तथा वालवालिकाको ओसार पसार तथा बेचविखन नियन्त्रण सम्बन्धी परियोजना समापनका अवसरमा उक्त वैठक सम्पन्न भएको हो । भीमदत्त नगरपालिकाका उपप्रमुख सुशिला चन्द सिंहको अध्यक्षतामा सम्पन्न वैठकले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि विभिन्न किसिमका सुझवाहरु पनि दिएको छ ।

नाकाबाट फर्काइएको तथा विभिनन क्षेत्रबाट उद्धार गरिएकाहरुको नियमित निगरानी गर्नुपर्ने, बेचविखनमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन पहल गर्नुपर्ने र जनचेतनाका कार्यक्रमहरु थप प्रभावकारी बनाउनुपर्ने लगायतका सुझावहरु दिइएका छन् । माइती नेपालले पछिल्लो ८ महिनामा भारतका विभिन्न क्षेत्रबाट १५ जना महिला तथा वालवालिकाको उद्धार गरेको छ । यसैगरि नाकामा साढे १५ हजारलाई परामर्श प्रदान गरेको छ । घरेलु हिंसामा परेका २३ जनालाई परिवारमा पुर्नस्थापना गरेको छ । यसैगरि नाकाबाट १८१ जनालाई फिर्ता पठाएर आफन्तको जिम्मा लगाएको छ । जिल्लाका विभिन्न नाकामा परामर्शपछि १०२ जना आफै घर फर्किएका छन् । पछिल्लो ८ महिनामा गरिएका कामको विवरण माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले प्रस्तुत गरेकी थिइन् ।


Loading Viewer...

ताजा समाचार

spot_img