कञ्चनपुर : प्राकृतिक रुपमा भरिपूर्ण जैबिक बिबिधताकाे खानि तपाईं हाम्रो घरआगनमा रहेकाे नेपालकै एक विशेष पर्यटकियक्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ।बन्यजन्तु र बनस्पति अध्धयनका लागि खुल्ला विश्वविद्यालय भन्दा नि फरक नपर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लाई पर्यापर्यटनका लागि प्रबर्द्धन गर्न लागि पर्नु भएका स्थानीय युवाकाे नाराले सार्थक रुप लिएको छ। शु्क्लाफाँटाकाे पहिचान देश भित्र र बिश्वब्यापी रुपमा गराउने उद्देश्यका साथ पाचौं शुक्लाफाँटा पर्यटन महाेत्सवकाे अवसर पारेर भिमदत्तनगरपालिकाले ” बारसिङ्गा” लाई नगरकाे ब्रान्डका रुपमा पहिचान गर्दै २०७८/११/११ गतेका दिन एक कार्यक्रमका बिच स्थानिय बारसिङ्गा चाेक मझगाउमा सार्वजनिक गरेकाे छ।

सप्ताह ब्यापि महाेत्सवकाे आज अन्तिम दिन भिमदत्तनगरपालिका १४/१६ मा रहेको रानाथारु सामुदायिक हाेमस्टेमा एक कार्यक्रमका बिच सम्पन्न भएको उक्त कार्यक्रममा लामो समयदेखि शुक्लाफाँटा लाई विश्वमाझ चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ अभियानमा लागि रहनु भएका अभियन्ता राजेन्द्र बहादुर चन्द लाई उक्त कार्यक्रममा भिमदत्तनगरपालिकाका नगरउपप्रमुख एवम् कार्यक्रमका सभापति सुशीला चन्द सिहले प्रसंशा पत्र र मायाकाे चिनाे सहित प्रदान गरि अभियन्ता चन्दले थालेकाे अभियानकाे उच्च मुल्यांकन गर्दै सम्मानित गर्नु भएको छ। कार्यक्रममा नेपाल पर्यटन बाेर्डका निर्देशक प्रमुख अतिथि रहनु भएको थियाे। अभियन्ता चन्द संगै बिबिध बिधामा उत्कृष्ट याेगदान पुगाउने ब्यक्ति संघ संस्था पनि सम्मानित भएका छन। कार्यक्रमकाे संचालन भिमदत्तनगरपालिका दिनेश भट्टले गर्नु भएको थियाे।







