कञ्चनपुर: नेपाल बुद्धिजिवी संगठन भीमदत्त नगरको अध्यक्षमा धनदेव नाथ चयन भएका छन । नेकपा माओवादी निकट बुद्धिजिवी संगठन भीमदत्त नगरको प्रथम नगर अधिवेशनबाट नाथको अध्यक्षमा २५ सदस्यीय नगर कमिटि चयन गरिएको हो । उपाध्यक्ष सन्जु नेपाली, सचिव ई.बसन्त भट्ट, सह सचिव शेर ब. बोहरा, कोषाध्यक्ष भीम विक सहित रहेका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष अशोक चन्द, अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गंगादत्त भट्ट लगायतले स्वागत मन्तव्य राखेका थिए । नेपाल बुद्धिजिवी संगठन कञ्चनपुरका संयोजक बिरेन्द्र साउदको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य बसन्त बागचनको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता, बुद्धिजिवी संघ संगठनका नेता कार्यकर्ता विद्यार्थी युवाको सहभागिता रहेको थियो ।







