बेलौरी : कंचनपुरको बेलौरीबाट ब्राउन सुगर सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलौरी नगरपालिका-६ रिछाहाबाट ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मुख भित्र ४.११ ग्राम ब्राउन सुगर लुकाएको अवस्थामा दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीकाे धनगढी उ.म.न.पा. २ बस्ने अन्दाजी २६ बर्षिय दिपक बिष्ट र साेही ठाउँका ३१ बर्षिय गाेपी बि.क. रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्काका अनुसार बेलाैरी स्थित विद्युत प्राधिकरणकाे कार्यालयकाे उत्तर तर्फकाे बाटाेमा से २ प ३४५४ नम्बरको मोटरसाईकलमा सवार युवाहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको बताए । पक्राउ परेका दुबै जना र माेटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेकाे खड्काले बताए ।






