महेन्द्रनगर : नेकपा एकिकृत समाजवादी पार्टीका युवा र विद्यार्थी संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू र युवा संघ नेपाल कञ्चनपुरले संयुक्त रुपमा दुई दिने नेता कार्यकर्ताका लागि प्रशिक्षण दिएको हो । युवा र विद्यार्थी संगठनले संयुक्त रुपमा जिल्लाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको अनेरास्ववियू जिल्ला सहसंयोजक प्रज्वल कुँवरले जानकारी दिएका छन् । अनेरास्ववियू र युवा संघ नेपाल कन्चनपुर जिल्ला कमिटीको सयुक्त आयोजनामा फाल्गुन ८/९गते दुई दिने आवासिय प्रशिक्षण तथा बैठक निकै व्यवस्थित र अनुसासित रूपमा सम्पन्न भएको उनले बताए ।

कार्यक्रमको उद्घघाटन पार्टी केन्द्रिय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय प्रकाश रावल गरेका थिए । भने, प्रशिक्षकका रूपमा पार्टी जिल्ला ईन्चार्ज तथा प्रदेश सरकारका समाजिक बिकाश मन्त्री माननीय लाल बा खड्का, अनेरास्ववियू केन्द्रिय कमिटी उपाध्यक्ष माधब पन्त, पेसागत महासंघ सुप प्रदेश सयोजक डा.कबिन्द्र चन्द र बरिष्ठ पत्रकार तथा पार्टी प्रदेश कमिटी सदस्य खेम भण्डारीहरुले विविध विषयमा प्रशिक्षण दिएका थिए । युवा विद्यार्थीहरूले आन्दोलनको नेतृत्व गर्न राजनितीक दृष्टिकोणको अभाव खड्केको संक्रमणकालिन घडीमा यो प्रशिक्षण ज्ञान निर्माणको कोणवाट माइलस्टोन सावित हुने अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले बताए । यो सत्य छ विचार र दर्शनको ज्ञान विना हामी राजनीतिमा अगाडी वढ्न सक्दैनौ । भन्ने महसुस गर्दै प्रशिक्षण कार्यक्रम भब्य र सब्य उपस्तिथिमा सम्पन्न गरेका छौ सहभागी युवा विद्यार्थी कमरेडहरु र साथ र सहयोग गर्नुहुने सबैलाई बिशेश धन्यवाद दिन चाहेको अनेरास्ववियू जिल्ला सहसंयोजक प्रज्वल कुँवरले बताए । कार्यक्रम दुइ दिन सम्म चलेको थियो ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष माधव पन्त, पेसागत महासंघ सुप संयोजक कविराज चन्द, नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य खेम भण्डारी , नेकपा ( एकीकृत समाजवादी) कञ्चनपुर इन्चार्ज लाल बहादुर खड्का, सहइन्चार्ज प्रकास रावल पाटि जिल्ला उपसचिव राजेन्द्र पाण्डेय लगायत नेता हरुले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रम मा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार सदस्य गणेश धामी, नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य बेदकोट अध्यक्ष कमरेड महेश राज जोशी, भिमदत्त नगर कमिटी अध्यक्ष मदन सेरला, सचिव धर्म महरा, युवा संघ नेपाल जिल्ला सहसंयोजक मुकेश सिंह, उपलब्ध युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्यहरु, अनेरास्ववियू केन्द्रीय कमिटी, सदस्यहरू, लगायत को उपस्थिति भएको कार्यक्रम को संचालन अनेरास्ववियू जिल्ला सहसंयोजक प्रज्वल कुँवर ले गरेका थिए ।







