पाटन नगरपालिकाका सबै शैक्षिक संस्था बन्द


महेन्द्रनगर : बैतडीमा टिप्पर दुर्घटना हुँदा मृतकको शोकमा पाटन नगरपालिका भित्रका सबै विधालय बन्द हुने भएका छन् । सिगास मावी गौरीशंकर पोखरी बिधार्थीहरु लगायत असमायिक दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रती गहिरो शोक व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित आज मंगलवार १० गते नगरपालिका भित्रका सम्पूर्ण बिशक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भटटले जानकारी दिएका छन् ।

सोमवार पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको थियो । दुर्घटनामा पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट ,१२ वर्षीय राजेश पन्त र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको हो । दुई जना विद्यार्थी र एक अन्य गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img