बैतडीमा टिप्पर दुर्घटना : मृतकको संख्या ४ पुग्यो


महेन्द्रनगर : बैतडीमा टिप्पर दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको छ । घाइते भएका थप एक जनाको मृत्यु भएको छ । उपचारका लागि डडेल्धुरा अस्पताल लगिएका पाटन नगरपालिका–३ का १२ वर्षीय राजेश पन्तको सोमबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घाइते चार जनामध्ये तीन जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भएका र पाटन –३ कै २० वर्षीय सन्दीप विष्टलाई धनगढीस्थित नोभा अस्पताल रिफर गरिएको र उनको उपचार भइरहेको छ । सोमबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको थियो ।

दुर्घटनामा पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको हो । दुई जना विद्यार्थी र एक अन्य गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img