प्रशिक्षक भट्ट सीएभीएको प्रशिक्षण कमिटीमा सदस्यमा नियुक्त


महेन्द्रनगर : नेपाल भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्ट सेन्ट्रल एसियन भलिबल एसोसियसन (सीएभीए) को विकास तथा प्रशिक्षण कमिटीको सदस्यमा नियुक्त भएका छन् । भीमदत्त नगरपालिका–१५ का स्थायी बासिन्दा भट्ट भलिबलमा नेपालका तर्फबाट पहिलो पटक यति महत्वपूर्ण स्थानमा पुगेका हुन् । भलिबल खेलको कम बिकास भएका एसियाका १४ वटा देश सीएभीएमा समेटिएका छन् ।

त्यसमा नेपाल, भारत, पाकिस्तान, इरानलगायत छन् । शनिबार बसेको सीएभीएको बैठकले भट्टलाई सदस्यको रुपमा नियुक्त गरेको हो । करिब साढे दुई दशकदेखि भलिबल प्रशिक्षकका रुपमा कार्यरत भट्टले सन् २०२० देखि २०२३ सम्म लागू हुने गरी बनाइएको कमिटीमा २ वर्ष काम गर्ने मौका पाउनेछन् । कमिटीमा ७ जना छन् । ती मध्ये भट्ट पनि एक हुन् । नेपालको महिला भलिबल टोलीको मुख्य प्रशिक्षकका रुपमा भट्ट हाल कार्यरत छन् । उनले टोलीलाई लगातार दुई पटक सेन्ट्रल जोन भलिबलको उपाधि दिलाएका छन् ।


ताजा समाचार

spot_img