कञ्चनपुर : हेल्पिङ्ग ग्रुप महेन्द्रनगरले शनिबार महेन्द्रनगरको महेन्द्र स्मारकमा रक्त दान कार्यक्रम आयोजना गरेको छ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ काम गर्दै आइरहेको उक्त ग्रुपले रक्त सञ्चार सेवा केन्द्र कैलालीको घुम्ती रक्त संकलनलाई रक्त दान गरेको छ ।

जसमा करीब ५० जना युवाहरुले रक्त दान गरेको अध्यक्ष प्रकृति भट्टले बताईन । विगत २ वर्ष देखि समाजिक कार्यमा हातेमालो गर्दै आईरहेको हेल्पिङ्ग ग्रुप यही कार्तिक देखि दर्ता भएर कार्य गर्दै आइरहेको हेल्पिङ्क ग्रुपकी अध्यक्ष भट्टले बताईन ।

विगतका दिनहरुमा पनि उक्त संस्थाले कपडा दान, सरसफाई अभियान, असहाय विरामीहरुको उपचारमा खटिदै आएको हेल्पिङ्क ग्रुपका कोषाध्यक्ष पारस भट्टले बताए । ३०–४० जना युवा युवतीहरु मिलेर बनेको हेल्पिङ्ग ग्रुप महेन्द्रनगरले समाजिक काम गर्दै आईरहेको छ र आगामी दिनमा पनि समाजसेवामा लाग्ने भट्टले बताए ।







