कञ्चनपुर : निड्स नेपालले कञ्चनपुरकाे भिमदत्त नगरपालिकाकाे वडा नं १९ का ४० जना समुहका कृषकहरूलाई काक्रा, फर्सी,खुर्सानी,करेला लगायत तरकारीको बीउ वितरण गरिएको छ । लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर) को सहयोगमा निड्सले कृषि सामग्री िवतरण गरेको हो ।भिमदत्त नगरपालिकाे वडा नं १९ का अध्यक्ष श्री दामोदर महरा ज्युकाे अध्यक्ष्ातामा अाैपचारिक कारयक्म गरिएको थियाे । श्री उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लि. प्रमुख कार्यकारी श्री गणेश ब.चन्द ज्युले दिगाे विकासका लागि सबैले समन्वयात्मक रूपमा अगाडि काम गर्दा कार्यक्रम गर्दा दिगाे रहने तथा प्रभावकारि हुने कुरामा जाेड दिनु भयो ।


सहकारि संस्थाले गरेका कामहरूकाे जानकारि तथा सहकारिकाे महत्त्व बारेमा जानकारि गर्नु भएकाे थियाे । निड्सका काेषाध्यक्ष रविन्द् देवकोटाले संस्थाकाे कामकाे जानकारि गराउनुका साथै वितरण गरिएको विउले केहि हदसम्म भएपनि सहयाेग पुग्ने कुरामा जाेड दिनु भएकाे थियाे । साथै संस्था स्थानीय रूपमा नै दर्ता तथा यहि जिल्लामा रहेकाेले यहाकाे सिमान्कृत समुदायका पक्षमा रहि सदैव काम गर्ने कुराकाे जानकारि गर्नु भएकाे थियाे । भिनपा नगरपालिकाका कृषि शाखा प्रमुख कृष्णदत्त पाण्डेले प्राप्त सामानकाे सहि सदुपयोग गर्नु पर्ने र कृषि शाखाबाट गर्न सकिने सहयाेगका लागि अाफु सधै तत्पर रहेकाे कुरा जानकारि दिनुभयो । अध्यक्ष दामोदर महरा ज्युले निड्स नेपालले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका कार्यमा मात्र नभई सधै यस पालिकालाई सहयाेग गरिरहेकाे बताउनु भयाे ।


त्यस्तै निड्स नेपालले गरेकाे सहयाेग अहिलेकाे िस्थतिमा महत्त्वपूर्ण रहेकाे छ । यदि मेहनत तथा लगनशीलताले काम गर्न सके यसले राम्रै उपलब्धि लिन सकिने कुरामा जाेड दिनु भएकाे थियाे । साे सामग्री हस्तान्तरण कार्यक्रममा रिकवर परियाेजनाकाे जानकारि तथा कार्यक्रम काे संचालन निड्स नेपालका कार्यक्रम संयाेजक विनाेद कडाराले गर्नु भएको थियाे । साे कार्यक्रममा निड्स नेपालका भावना जाेशि, शंकरदत्त भट्ट समेतको उपस्थिति रहेकाे थियाे । एलडब्लुआरको अार्थिक तथा प्राविधिक सहयोगमा निड्स नेपालले कञ्चनपुरका भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।







