एमसीसी बिरुद्धमा नेपाल बन्द, कञ्चनपुरमा प्रभाव विप्लवद्वारा जनतालाई धन्यवाद


कञ्चनपुर : एमसीसी बिरुद्धमा बुधबार नेपाल बन्द गरिएको छ । नेकपा विप्लव, बैद्य, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, माओवादी केन्द्र समाजवादी दल सहितका मोर्चाले राष्ट्रघाती एमसीसी बिरुद्धमा नेपाल बन्द गरेका हुन । बन्दको असर कञ्चनपुरमा समेत परेको थियो । बिहानैदेखि बन्दकर्ताहरुले ठाँउ ठाँउमा टायर बालेर राष्ट्रघाती एमसीसी खारेजीका लागि बाध्यात्मक कदम भएको बताएका थिए । बन्दका कारण बिहानैदेखि कञ्चनपुरका सार्वजनिक यातायात संचालन भएनन । शिक्षण संस्था, उद्योग धन्दा कलकारखाना बजार समेत आनशिक बन्द भएका छन ।

बन्दका कारण भारतबाट फर्किएका नेपाली बसपार्क क्षेत्रमा अलपत्र परेका थिए । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गराउन खोजिएको बिरुद्धमा विप्लव, बैद्य सहितका दलहरुले बाध्यताबस नेपाल बन्द आब्हान गरिएको बताए । बन्दका क्रममा भीमदत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले चलाउने सरकारी मोटरसाईकल समेत नियन्त्रण लिएर फिर्ता गरिएको छ ।

कोण सभा गरेर साँझ ५ बजेतिर बन्द समान भएको घोषणा गरिएको थियो । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती कदम बिद्धमा गरिएको संघर्षमा आम जनताको साथसर्मथन पाएको भन्दै धन्यवाद प्रकट गरेका छन । बन्द सफल भएको उनले ठहर छ । नागरिकले भने बन्द हड्ताल भन्दा वैकल्पिक विधिबाट दवाव सृजना गर्नुपर्नेमा जोडदिएका छन ।


ताजा समाचार

spot_img