पारिश्रमिक खर्चेर कार्यपालिका सदस्यले ६० जना एकल महिलालाई बाँडिन कम्बल


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी शाहले आज नगर स्तरीय मानव अधिकार एकल महिला सञ्जाललाई ६० थान कम्वल सहयोग गर्नु भएको छ । नगरपालिकाबाट पाईने पारिश्रमिक(भत्ता) वाफतको रकम खर्चेर शाहले महिला सञ्जाललाई कम्बल सहयोग उपलव्ध गराउनु भएको हो । ‘सञ्जालमा आवद्ध आर्थिक रुपमा विपन्न एकल महिलाहरुलाई चिसोको बेला न्यानो कपडाको अभाव नहोस भन्ने उद्देश्यले कम्लव उपलव्ध गराएका छौं’ उनले भनिन् ‘कार्यपालिकाबाट उपलव्ध हुने पारिश्रमिक(भत्ता) को रकम जम्मा गरी कम्बल खरिद गरि हस्तान्तरण गरेका छौं ।’

रु ६० हजार मूल्य बरावरको कम्बल खरिद गरिएको उहाँले बताउनु भयो । खरिद गरिएको कम्बल सञ्जालका अध्यक्ष शान्ता धामीलाई एक कार्यक्रमका विच नगर प्रमुख दिल बहादुर ऐर र कार्यपालिका सदस्य शाहले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण गरिएका कम्बल विपन्न परिवारका एकल महिलालाई उपलव्ध गराईने सञ्जालका अध्यक्ष धामीले बताईन । कार्यपालिका सदस्य शाहले सञ्जालको संस्थागत विकासका लागि रु पाँच हजार पाँच नगद रकम समेत हस्तान्तरण गर्नु भएको छ ।

कम्बल हस्तान्तरण कार्यक्रमा बोल्दै नगर प्रमुख ऐरले आर्थिक रुपमा विपन्न एकल महिलालाई कार्यपालिका सदस्य शाहले कम्बल वितरण गरी सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । कार्यपालिका सदस्य शाहले गत वर्ष समेत पारिश्रमिक खर्चेर विपन्न ५० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्नु भएको थियो ।


ताजा समाचार

spot_img