कञ्चनपुर : गैर सरकारी संस्था (गैसस महासंघ) कञ्चनपुरको नव निर्मित भवन उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले गैसस महासंघ कञ्चनपुरको नवनिर्मित भवनको उद्घाटन गरेको हुन । भवन उद्घाटन गर्दै मेयर विष्टले समाजिक परिर्वतनका लागि गैससको महत्वपूर्ण भूमिका हुने भएकाले समाजिक हितका लागि काम गर्न अनुरोध गर्नुपर्छ ।

गैसस महासंघका केन्द्रीय सचिव भवराज रेग्मीले देशभरीमा गैसस महासंघ कञ्चनपुरको उत्कृष्ठ भएको बताउदै दुई पटक पुरस्कार पाएको बताए । लोकतन्त्र एव जनको अधिकारका लागि गैससले भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा गैसस महासंघको भवन निर्माणमा सहयोग गर्ने गैससकर्मीलाई सम्मान गरिएको छ । गैसस महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलालको अध्यक्षता एव सचिव अमिर तिरुवाले संचालन गरेको कार्यक्रममा गैसस महासंघका केन्द्रीय, प्रदेश, जिल्लाका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।







