एकता संस्थाले महिला हिंसा मानव बेच बिखन नियन्त्रण तथा कानूनी सचेतना सम्बंधी ४ दिने तालिम संचालन


कञ्चनपुर : भीनपा–२ स्थित एकता संस्थाले महिला हिंसा मानव बेच बिखन नियन्त्रण तथा कानूनी सचेतना सम्बंधी ४ दिने तालिम संचालन गरेको छ । आइतबार आयोजना गरिएको उदघाटन सत्रमा भी न पा २ का अध्यक्ष डम्मर सिंह कार्की प्रमुख अथिति रहेका थिए ।

बाल बालिका तथा जेष्ठ नागरिक मंत्रालय सहयोगमा स्थानीय भीमदत्त नगरपालिकाद्वारा प्राप्त अनुदान अनुसार एकता संस्था लाई प्राप्त रकम बाट कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष चेत राज भट्टले बताए । । संस्थाका अध्यक्ष भट्ट को सभापतित्व रहे को उक्त कार्यक्रमको संचालन संस्थाका महा सचिब माधब प्रसाद भट्टले गरेका थिए । उक्त तालिमको प्रशिक्षकमा भीमदत्त नगरपालिका महिला शाखा प्रमुख कुंती लेखक रहेकी छन ।


ताजा समाचार

spot_img