शुक्लाफाँटा : शुक्लाफाँटाका क्रिकेट खेलाडी सचिन ठगुन्नाले आफ्नो जन्मदिन क्रिकेट मैदानको पिचमा मनाएका छन् । जिल्लास्तरिय क्रिकेटका खेलाडी सचिन ठगुन्नाले आफ्नो १७ औं जन्मदिन सीमलफाटाँमा रहेको क्रिकेट एकेडेमीको खेल मैदानको क्रिकेट पिचमा मनाएका हुन् । शुक्लाफाटा नगरपालिका वडा नं ७ मा रहेको हिमालयन युथ क्लबका उदयमान क्रिकेट खेलाडीका रुपमा परिचित छन् । जिल्लास्तरीय विभिन्न प्रतियोगिताहरुमा पछिल्ला दुई वर्षयता उदयमान क्रिकेट खेलाडीका रुपमा परिचित छन ।

ठगुन्ना क्रिकेट खेल तर्फको ब्याटिङ तथा बलिङ् तर्फका उत्कृष्ट खेलाडी हुन् । क्रिकेट खेलाडी सचिन ठगुन्नाले आइतबार मनाइएको जन्मदिनमा हिमालयन क्लबका पदाधिकारी नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव दिपक राज भट्ट, वडा कमिटीका अध्यक्ष दान सिंह कुवर, सचिव भिबीराज भट्ट लगायतको उपस्थिति रहेको थियो । खेलाडी ठगुन्नाले मनाएको जन्मदिनले नयाँ तथा पुराना क्रिकेटका खेलाडीहरुलाई नयाँ सन्देश दिनेगरी जन्मदिन मनाएको बताएका छन् । सबै खेलाडी साथीहरुका बीचमा फरक वातावरण र प्रकृतिको काखमा अरु वर्षहरु भन्दा पृथक रुपमा खेलमैदानमै मनाएको खेलाडी ठगुन्नाले प्रतिक्रिया दिएका छन् ।







