कञ्चनपुर : २७ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका अनाथ बालबालिकालाई स्टेशनरी तथा फलफुलवितरण गरेको छ । आइतबार अखिल क्रान्तिकारीले जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरका अनाथ बालबालिकालाई कापी कलम एव फलफुलवितरण गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज प्रकास जप्रेलले क्रान्तिकारी विद्यार्थीले अनाथ असाहय बालबालिकासंग दिवस मनाएको बताए । क्रान्तिकारी नेता जप्रेलका अनुसार अनाथ बालबालिकालाई कापीकलम, फलफुल, एव तरकारी वितरण गरिएको छ । नेता जप्रेलले युवा विद्यार्थी क्रान्तिकारीले जनयुद्ध र ईतिहासलाई निरन्तरता दिएको बताए ।







