माओवादी केन्द्र बेदकोटले सहिद परिवारकै घरमै पुगेर सम्मान


कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेदकोट नगर समितिले जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्र बेदकोट नगर कार्य समितिले २७ औँ जनयुद्ध दिवस मनाएको हो । माओवादी केन्द बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सम्झिएको बताए । उपाध्यक्ष भट्टले सहितकै संघर्ष बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले सहित परिवारकै घर घरमा पुगेर सम्मान गरिएको बताए ।

उनका अनुसार नगरका सबै वडामा रहेका सहिद परिवारकै घरमा पुगेका दोसल्ला ओढाएर सम्मानका साथै फलफुल वितरण गरिएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र बेदकोटका नगर अध्यक्ष लाल परियारले सहिदले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । जनयुद्ध दिवसका दिन घरमै पुगेर पार्टीले सम्झिएको भन्दै सहित परिवार खुसी हुँदै सहिदले देखाएको बाटोमा अग्रसर हुन आब्हान गरेका छन ।


ताजा समाचार

spot_img