खडक कोली / कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका युवा नेता राधाकृष्ण जोशी(ज्वाला)ले किरियापुत्री पत्रकार कृष्ण दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेका छन । एमाले युवा नेता ज्वालाले आफ्नो जन्मदिनको अवसर पारेर किरियापुत्री पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । आर्थिक रुपमा विपन्न पत्रकार दमाईको परिवारलाई किरियाका बेला केही आधारभूत आवश्यकता खाद्यान्नको अभाव हुन नदिने उदेश्यका साथ युवा नेता ज्वालाले खाद्यान्न सहयोग गरेका छन ।

एमाले युवा नेता ज्वालाले पत्रकार दमाईको परिवारलाई चामल, दाल, नुन, तेल, चिनी र चियापत्ती सहयोग गरेका हुन । मानविय सेवा गर्ने उदेश्यका साथ एमाले युवा नेता ज्वालाले पत्रकार दमाईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन । खाद्यान्न सहयोग कार्यक्रममा अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोयाका, सुप विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटि उपाध्यक्ष रबिन नाथ सहितको उपस्थिति रहेको थियो । एमाले युवा नेता सहितले सहयोगी मनहरुप्रति पत्रकार दमाईको परिवारले आभार प्रकट गरेका छन ।

