प्राचिन गाँउ नाईल अन्धकार

समाजवादीका युवा नेता बमको पहलमा विद्युत प्राधिकरणको टोलीद्वारा स्थलगत अनुगमन

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुर र डडेल्धुरा तीन जिल्लाको सीमा क्षेत्रमा रहेको भित्रीमधेशको प्राचिन नाईल गाँउमा अझैसम्म पनि विद्युतीकरण भएको छैन । गाँउ गाँउमा सिहदरबार ! सम्बृद्ध नेपाल सुखी नेपालीको नाराले नाईल गाँउ छोएको छैन । तिन जिल्लाको मध्यविन्दुमा रहेको नाईल गाँउमा विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन । गाँउ पुग्नका लागि सडकको पहुँच समेत पुर्ण सुविधायुक्त छैन । पुर्वपश्चिम महेन्द्र राजमार्गदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिदेखि झण्डै २२ किलोमिटर उत्तरमा पर्ने उक्त गाँउ सहित आसपासका दर्जनौँ गाँउमा विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन ।

सरकारले विपन्न गरिब जनताका लागि भन्दै २० यूनिटसम्म विद्युत निःशुल्क गरेको छ । तर, त्यहाँका विपन्नले अहिलेसम्म बिजुल पाल्न पाएका छैनन । गाँउमा विद्युतीकरण नहुँदा उज्याँलोका साथै अन्य दैनिक गतिबिधी गर्न समस्या भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको केन्द्र रहेको धनगढीदेखि झण्डै ७० किलोमिटर उत्तरमा रहेको उक्त गाँउमा प्रदेश सरकारले ध्यान समेत दिएको छैन । प्रदेश सरकारको गाँउ कुना कन्दरमा विकास निर्माण भन्दा पनि सुविधायुक्त ठाँउमा विकास केन्द्रीत रहेको छ । स्थानीय यज्ञ बहादुर बोहराले तीन जिल्लाको सीमा बस्ती भएकाले कुनैपनि जिल्लाबाट पहल नभएको बताए । ‘यो हाम्रो गाँउ चुरे पहाडमा पर्छ, ‘उनले भने, ‘यहाँ तीनै जिल्लाबाट चासो दिएको छैन ।’ विगतमा केही स्थानीयले कैलाली मालपोत कार्यालयबाट नापी गरेको ईतिहास रहेको बताउँदै उनले अहिले गोदाबरी नगरपालिका १२ नाईल पर्दै आएको बताए । नाईल गाँउमा ३ सयबर्ष अघि मानव बस्ती रहेको उनले बताए । ‘यो गाँउमा ३ सय बर्षअघि पनि मानिस बसेको ईतिहास छ, ‘उनले भने, ‘हाम्रा पुर्खा बसेको झण्डै साढे सात दशक भईसक्यो, तर पनि गाँउमा विद्युत छैन ।’ २००१ सालदेखि आफ्ना पुर्खा बसेको उनले बताए ।

अर्का स्थानीय ईन्द्र बोहराले गाँउमा विद्युतीकरण नहुँदा आर्थिक रुपमा सम्पन्न हुनेले सौर्यबत्ती जडान गरेको विपन्नले अझैपनि दाउँराको झोरो दियो बाल्दै आएको उनले बताए । ‘उज्यालो नहुँदा विद्यार्थीलाई समेत समस्या भएको छ, ‘उनले भने, ‘किताब बढ्नेदेखि अन्य थुप्रै समस्या छ ।’ विद्युत जडान नहुँदा कुटानी पिसानीका लागि समेत परम्परागत घट्ट निर्माण गरिएको बताउदै उनले गाँउसम्म पुग्ने मोटरेबल सडक विस्तार समेत नभएको बताए । ‘कञ्चनपुरदेखि गाँउसम्म ट्याक मात्रै खोलिएको छ, ‘उनले भने, ‘डडेल्धुरा कैलालीदेखि गाँउ जोड्ने मोटरेबल सडक छैन, पदमार्ग मात्रै छ ।’ विद्युत जडान नहुँदा दैनिक कृयाकलाप, कृषि, शिक्षा स्वास्थ्य, संचार लगायतका सेवाबाट बञ्चित भएको उनको दुखेसो छ । गाँउमा विद्युतीकरणका लागि नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले प्रयास गरेका छन । समाजवादीका नेता एव समाजसेवी बमकै अगुवार्ईमा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश निर्देशनालय, कैलाली, कञ्चनपुरका विद्युत प्राधिकरणका पदाधिकारीले गाँउको स्थलगत अनुगमन गरेका छन । मंगलबार एक कार्यक्रमका विच नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशनालयका निर्देशक जंग बहादुर चन्द, कञ्चनपुरका निमित्त प्रमुख ललित चन्द र कैलालीका प्रमुख सुर्य नारायण मण्डलले स्थलगत अनुगमन गरेका हुन ।

समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले तीन जिल्लाको मध्य विद्युतमा रहेका नाईल सहितका दर्जनौँ गाँउबस्तीमा कम्तिमा केन्द्र सरकारको ध्यान नपुगेपनि प्रदेश सरकारको समेत ध्यान नपुगेकाले अहिलेसम्म गाँउ अन्धकार रहेको बताए । ‘सुदूरपश्चिमबाट यहाँबाट थुप्रै संसद भए, मन्त्री भए, उप प्रधानमन्त्री भए प्रधानमन्त्री पनि भए अहिले पनि छन, तर पनि यो विपन्न बस्तीमा उज्यालो र विकासका लागि कसैले चासो दिएन, ‘उनले भने, ‘तीनै कैलाली कञ्चनपुरबाट नजिकको बस्ती हुँदा पनि सरकारले चासो नै दिएन ।’ संघ सरकारले चासो नदिएपनि प्रदेश सरकार गठन भएको चार बर्षसम्म वितिसक्दा पनि प्रदेश सरकार यस्ता विपन्न गाँउमा नजर समेत राख्न चाहदैन ।’ नेता बलमे विद्युत प्राधिकरणका पदाधिकारीसंग जनताले पनि आफ्नो ठाँउबाट विद्युतीकरणमा पहल गर्ने बताउदै यथाशिघ्र पहल गरिदिन आग्रह गरेका छन । गाँउमा विद्युत जडानका लागि स्थलगत अनुगमनमा पुगेका नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशक जंग बहादुर चन्दले गाँउमा विद्युतीकरणका लागि प्राधिकरण तयार रहेको बताए । ‘गाँउमा अहिलेसम्म विद्युतीकरण नभएको रहेछ, ‘उनले भने, ‘हामीले अहिले अध्यनन गरेका छौँ, प्रकृया अनुरुप विद्युतकिरणका लागि सर्वे गरेर अघि बढ्छौँ ।’ फिल्डमा कति पोल, तार लाग्न त्यही अनुरुप सर्वे गराउने र लागत स्टमेट तयार गरेर नाईल सहितका आसपासका गाँउबस्तीमा चालु बर्षमै विद्युतीकरण गर्ने उनले बताए । गाँउमा पहिलो पटक विद्युत प्राधिकरणका प्रदेश निर्देशक सहित कैलाली, कञ्चनपुरका दुवै जिल्लाका विद्युतका प्रमुख एव पदाधिकारीले स्थलगत अनुगमन गरेसंगै स्थानीय विद्युतीकरण हुनेमा आशाबादी रहेका छन ।

ताजा समाचार