बेलौरी : नेकपा माओवादी केन्द्र बेलौरी नगर कार्य समितिको कार्यालय उद्घाटन गरिएको छ । सोमबार माओवादी नेतृ एव पुर्वखानेपानीमन्त्री बिना मगरले माओवादी केन्द्र बेलौरी नगर कार्य समितिको कार्यालय उद्घाटन गरेकी हुन । माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगरले भवन उद्घाटन गर्दै जनताका समस्या समाधानका लागि पार्टीले भूमिका निर्वाह गर्नुुपर्ने निर्देशन दिएकी छिन ।

माओवादी केन्द्र बेलौरीका नगर अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्तममा माओवादी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बेलौरीमा माओवादी पाटीको कार्यालय उद्घाटनसंगै पाटीका काम योजना र जनताका समस्या बुझ्नका लागि सहज हुने बताएका छन ।

