कञ्चनपुर:सुदूरपश्चिम प्रदेश सरकारबाट कञ्चनपुरमा संचालित विभिन्न योजनामा प्रदेश सरकारका मन्त्रीले स्थलगत अनुगमन गरेका छन । प्रदेश सरकारबाट संचालित सडक पुल पुलेसा योजनाको प्रदेशका मन्त्रीले अनुगमन गरेका हुन । पूर्वाधार विकास कार्यालय कञ्चनपृुरका सुचना अधिकारी तथा ईन्जिनियर हेमराज भट्ट प्रदेश सरकारबाट संचालित सडक र पुलका योजनाको समाजिक विकास मन्त्री लाल बहादुर खडका र भौतिक पुर्वाधार विकासराज्यमन्त्री चुन कुमार चौधरीले संयुक्त रुपमा अनुगमन गरेको बताए ।

सुचना अधिकारी भट्टका अनुसार बेलौरी–कलुवापुर सडक अन्र्तरगत बन्साह दोमिल्ला सडकखण्ड, टोटी, चौधर नदीमा निर्माण हुने पुलको मन्त्रीद्वय खडका र चौधरीले स्थलगत अनुगमन गरेका छन । अनुगमन गर्दै मन्त्रीद्वय खडका र चौधरीले प्रदेश सरकारबाट संचालित योजना समयमै गुणस्तरिय ढङगबाट संचालन गर्न निर्देशन दिएका छन । प्रदेश सरकारबाट संचालित योजना बारे मन्त्रीद्वय खडका र चौधरीलाई पुर्वाधार विकास कार्यालय कञ्चनपुृरका प्रमुख दिपक नेगीले प्रगति विवरण बारे जानकारी गराएका थिए ।

