कोरोना प्रभावितको घर दैलोमै राहत सामग्री पुरयाउदै मुक्त हलिया समाज

कञ्चनपुर : कञ्चनपुरका कोरोना प्रभावित विपन्न परिवारका लागि राष्ट्रि«य मुक्त हलिया समाज महासंघ नेपालले पोषिलो खाद्यान्न राहत सामग्री घर दैलोमै पुगेर वितरण गर्दै आएको छ । आईतवार महासंघले कृष्णपुर नगरपालिकाका ३५ र शुक्लाफाँटा नगरपालिकाका ३५ गरी ७० कोरोना प्रभावित विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गरेको हो । पोषिलो खाद्यान्न सामग्रीमा मन्सुली चामल २५ किलो, मासको दाल पाँच किलो, आयोडिन नुन तीन किलो, सोयाविन तीन किलो, चिनी तीन किलो, खाने तेल पाँच लिटर र अण्डा एक क्रेट रहेको छ ।

महासंघका अध्यक्ष ईश्वर सुनारका अनुसार एक जनालाई रु पाँच हजार ८५ रकम बरावरको पोषिलो खाद्यान्न सामग्रीको प्याकेज वितरण गरिएको छ । ‘सम्बन्धित नगरपालिका संग कोरोना संक्रमण भएका परिवारको तथ्याङक माग्छौं’ उनले भने, ‘सोही आधारमा पोषिलो खाद्यान्न सामग्री जुटाउन नसक्ने परिवार छनौट गरी राहत सामग्री घर दैलोमै पुगेर वितरण गर्छौ ।’ तत्काल दुई नगरपालिकाका कोरोना संक्रमितलाई राहत सामग्री वितरण गरिएको उल्लेख गर्दै अन्य नगरपालिका र गाउँपालिकामा समेत राहत सामग्री यसै गरी घरदैलोमै वितरण गरिने उनले बताए ।

कोरोनाबाट प्रभावित भएका निरज चौधरीले कोभिडको संक्रमण भएपछि पोषिलो खानेकुरा जुटाउन आर्थिक अबस्थाले अप्ठेरो रहेको अबस्थमा राहत सामग्री पाए पछि खुसि भएको बताए । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले कोरोना प्रभावित अति विपन्न परिवारलाई महासंघले राहत सामग्री उपलव्ध गराएर पुण्यको कार्य गरेको बताए । महासंघले एलडव्लुएफ नेपाल र एक्ट एलान्स को आर्थिक सहयोगमा राहत सामग्री वितरण गरेको हो ।

ताजा समाचार