दार्चुलाको खलंगामा विगत ४ दिनदेखी खानेपानीको हाहाकार


दार्चुला : दार्चुलाको खलंगामा विगत ४ दिनदेखी खानेपानीको हाहाकार भएको छ । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ र ५ मा खानेपानीको समस्या भएको हो । विगत चार दिनदेखि बजार क्षेत्रमा पानीको आपूर्ती बन्द भएपछि खानेपानीको हाहाकार भएको खेमराज जोशीले बताएका छन् । सडक निर्माणका क्रममा मालबेला क्षेत्रमा खानेपानीको लाईन अवरुद्ध भएको भएपनि अहिलेसम्म मर्मत नगरिदा खानेपानी आपुर्ती बन्द भएको थियो । पाँच दिनदेखि धारामा खानेपानी नआएपछि होटल व्यवसायीका साथै आम उपभोक्ता समस्यामा परेका छन् ।

महाकाली नदीबाट बोकेर होटेलमा खानेपानीको व्यवस्थापन गर्नुपरेको होटल व्यवसायीहरुले गुनासो गरेका छन् । खलंगा बजारमा विगतदेखि नै खानेपानीको समस्या भोग्नुपरेको उपभोक्ताहरुको गुनासो छ । नगरबासीले खानेपानी माग गर्दै पटकपटक नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएर ध्यानकर्षण गराएपनि खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन् । धारामा पानी आएकै दिनहरुमा समेत आपूर्ती कम भएर खानेपानीको समस्या भोग्न बाध्य सेवाग्राहीहरु चार दिनसम्म एक थोपा पानी नआउदा झनै समस्यामा परेको अर्का स्थानीय खेमराज जोशीले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img