प्रदेश सरकार पुग्यो जोरायल

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कृ्ष्ण चरणपादुकाको दर्शन तथा अवलोकन गर्नुभएको छ । वहाँले जगद्गुरू महाराज बाट आशीर्वाद ग्रहण गर्दै सो क्षेत्रको विकाशमा प्रदेश लागी पर्ने र चाँडैनै एउटा नमुना धामका रूपमा स्थापित गर्ने काममा अगाडि बढ्ने बचन दिनुभएको छ ।

डोटी जिल्लाको जोरायल गा.पा.वडा न.२मा सास्त्रीय प्रमाणका आधारमा भगवान श्रीकृष्ण चन्द्र महाप्रभूको पादचिन्ह प्राप्त भएको छ । सो पादचिन्ह रहेको स्थानमा यही माघ १गते देखि ७ गते सम्म नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरू पुज्यपाद् बालसन्त महाराज तथा अन्य गुरूजनहरूले दिव्य जाप अनुष्ठान भएकोथियो अनुष्ठान चलिरहँदा नै निर्माणाधिन मन्दिरले तीब्रता पाइसकेको छ अब चाडै मन्दिर तयार हुने जगद्गुरू नेपाल संचारकेन्द्रले जानकारी दिएका छन

ताजा समाचार

This will close in 10 seconds