कञ्चनपुर : सुदूरपश्चिमका बरिष्ठ पत्रकार कर्णदेव भट्टलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार भट्टलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरेको हो । भीमदत्त नगरपालिकाको ४४ औँ स्थापना दिवसको अवसरमा पत्रकारिता पुरस्कार भट्टलाई दिने निर्णय गरेको छ । फारवेष्ट टाईम्स दैनिक पत्रिका तथा अनलाईनका सम्पादक प्रकासक समेत रहेका पत्रकार भट्टलाई यस क्षेत्रको पत्रकारिता विकास र योगदानमा उच्च भूमिका निर्वाह गरेको भन्दै पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा वितरण गर्न नसकेपनि बैकल्पिक विधिबाट वितरण गरिने नगरपालिकाले जनाएको छ । झण्डै साढे तीन दशकदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका पत्रकार भट्ट नेपाल पत्रकार महासंघ केन्द्रीय उपभापतिको नेतृत्व सम्हालिसकेका थिए । यस अघि पनि पत्रकार भट्टलाई विभिन्न सरकारी गैर सरकारी संस्था निकायबाट समेत सुदूरपश्चिम क्षेत्रको पत्रकारिताको विकासका लागि योगदान पु¥याएको भन्दै पुरस्कृत एव सम्मानित भएका थिए । पत्रकार भट्टसंगै विभिन्न विद्यामा अन्य व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।







