महेन्द्रनगर : कैलालीमा मोबाईल चोर्ने २ प्रहरी निम्बित भएका छन् धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन् ।

भने, उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप भएको र म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयलले कार्वाहीको प्रक्रिया अगाडी बढाएको थियो ।











