कैलाली प्रशासनका १५ कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेक सबै सेवा बन्द


महेन्द्रनगर : पछिल्लो समय सरकारी कार्यायका कर्मचारीहरुमा पनि धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि कार्यालयबाट प्रभाव हुनेसेवाहरु सबैबन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले पनि एक सुचना निकाल्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै ९ गते (आइतबार)बाट अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो ।

प्रशासनमा कार्यरत १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र मुद्दा बाहेकका अन्य सबै सेवा हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय कैलालीका १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रशासनका २३ जना कर्मचारीको कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।

एकजना प्रशासकीय अधिकृतसहित १५ जनामा संक्रमण देखिएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले कर्मचारीहरुमा कोरोना देखिन थालेपछि प्रशासनका सम्पूर्ण सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।अत्यावश्यक सेवा लिन आउनेहरुको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको हुनुपर्ने र कोरोना विरुद्धको खोपकार्ड लिएर आउनुपर्ने जनाइएको छ ।


ताजा समाचार

spot_img