कैलालीमा आफैले पालेको राँगाले हान्दा एक पुरुषको मृत्यु


महेन्द्रनगर  : कैलालीको टीकापुर नगरपालिका–१ स्थित पशु हाटबजारको भैँसी फार्ममा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका ७ का ३५ वर्षीय अब्बार तेली रहेका छन् ।

शुक्रबार (हिजो) राति घाँस हाल्न गएका उनलाई राँगाले हान्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि टीकापुर अस्पताल लगिएका तेलीको राति नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img