कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शुक्रबार कञ्चनपुरका पत्रकारसंग परिचयात्मक कार्यक्रममा कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका हुन । हालै कञ्चनपुर सरुवा भएर आएका प्रहरी प्रमुख चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

आफ्नो प्राथमिकतामा दुई चार बृुँदे कुनै प्राथमिकता नभएको बताउदै सबै विषय प्राथमिकताका साथ अघि बढ्ने बताए । उनले आफु स्थानीय भएका कारण पनि यस क्षेत्रको शान्ति सुरक्षामा प्रतिबद्ध रहेको बताए । प्रहरी प्रमुख चौधरीले निर्मला हत्याकाण्डदेखि सबै घटना प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने बताए । कञ्चनपुरका संचारकर्मीले आश, प्रभाव र दवाव रहित रुपमा काम गर्न सुझाव दिए ।







