कञ्चनपुरका खोप केन्द्र भिडभाँड व्यवस्थापन भएन, खोप लगाउन गएका मानिस संक्रमित हुने खतरा


कञ्चनपुर: कोरोना महामारी रोकथामका लागि दिईने खोप केन्द्र कञ्चनपुरमा अव्यवस्थित देखिएका छन । अधिकाँस खोप केन्द्रहरुमा भिडभाँड व्यवस्थापन गरिएको छैन । उच्च भिडभाँड कोचाकोच गरेर खोप लगाउने काम भईरहेको छ । कोरोना रोकथामका लागि कम्तिमा दुई. मिटर भौतिक दुरी कायम गर्नुपर्ने मापदण्ड भएपनि एकपछि अर्को गरेर भिड जुटाएर खोप लगाउने काम भएको छ । खोप लगाउन गएका मानिस उच्च भिडका कारण आफै संक्रमित हुने जोखिम बढाएको छ । घण्टौँ लाईन लागेर मात्रै खोप लगाईएको छ । कञ्चनपुरका बुष्टर डोज बाहेक नियमित समेत खोप लगाउने काम भएको छ । कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, संचारकर्मी सहितका सरोकारवाला निकायलाई खोप लगाउने भनेपछि एकै पटक अन्य नियमित खोप समेत संचालन गरेकाले भिडजुटेको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको भृकुटी मावि खोप केन्द्रमा घण्टौँ लाईन लागेर मात्रै खोप लगाउन पाएका छन । स्थानीय पदम सुनारले करिब डेढ घण्टा लाईन लागेर मात्रै खोप लगाउन पाएको बताए । ‘यहाँ म लाईनमा लागेर डेढ घण्टामा बडा मुस्किलले मात्रै खोप लगाउन पाए, ‘उनले भने, ‘यसरी घण्टौँ लाईन लागेर खोप लगाउँदा अन्य बुढापाखा त यो चिसोमा मर्छन ।’ महेन्द्रनगरका अर्का स्थानीय पुजा भट्टले खोप लगाउने केन्द्रमा भिडभाँडको उचित व्यवस्थापन नभएकाले झन समस्या भएको बताईन । ‘खोप केन्द्रमा महिला पुरुष, अपाङ्ग, असक्तका लागि केही छुट्टै लाईन व्यवस्थापन गर्नुपर्छ, ‘उनले भने, ‘यस्तो व्यवस्थापन कुनै निकायबाट गरिएको छैन ।’ संक्रमण रोक्नका लागि खोप लगाउँन जाँदा उल्टै संक्रमित हुने खतरा रहेको उनको अनुभव । भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख भीम महराले भिड व्यवस्थापनका लागि स्थानीय प्रहरीबाट गरिनुपर्ने भएपनि नभएको बताए । ‘हामी स्वास्थ्यकर्मी खोप लगेर केन्द्र केन्द्रमा जाने गरेका छौँ, ‘उनले भने, ‘तर प्रहरीले भिड व्यवस्थापनमा सहयोग गर्नुपर्ने हो, तर यहाँ देखिएन ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यस अघि दुई पटक खोप लगाईसकेकाको हकमा तेस्रो डोज बुष्टर खोप लगाउने अभियान जिल्लाभरी रहेको बताए । उनका अनुसार ३५ हजार खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहितका कोरोना फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीलाई लगाईने छ । ‘फ्रन्ट लाईनमा काम गर्ने सबै पक्ष सहित एक पटक पनि खोप नपाएका अन्य नागरिकलाई समेत लगाउने काम अघि बढेको छ, ‘उनले भने, ‘खोप केन्द्रमा भिड व्यवस्था सबै पक्ष जिम्मेबार हुनुपर्छ ।’ कञ्चनपुरमा हालसम्म अढाई लाख मानिसले पूर्ण खोप लगाईूसकेका छन । हालसम्म २ लाख ४० हजार ८ सय ६२ जना मानिसले पूर्ण खोप लगाईसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले हालसम्म १८ बर्ष भन्दा माथि उमेर समुहका ३ लाख ५२ हजार ९ सय ६२ कुल जनसंख्या मध्ये २ लाख ४० हजार, ८ सय ६२ लाई खोप लगाईसकेको बताए । ६८.६२ प्रतिशत जनसंख्याले दुवै पटकको खोप लगाईसकेको खोप प्रमुख कुँवरले बताए । उनका अनुसार ३ लाख, ५ हजार ७ सष्य २७ अर्थात ८६.६२ प्रतिशतले सिङ्गगल डोज खोप लगाएका छन । १२ बर्षदेखि १८ बर्ष उमेर समुहका ६३ हजार ९ सय ७६ लाई खोप लगाईएको छ । हालसम्म कोरोना महामारी रोकथामका लागि खटिएका कञ्चनपुरका २सय बढि स्वाथ्यकर्मी संक्रमित भएका छन । २ सय बढि मानिसले ज्यान गुमाएका छन ।


ताजा समाचार

spot_img