कञ्चनपुरमा : कञ्चनपुरमा बिहिवार १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । बिहिवार भीमदत्त नगरपालिकामा एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

बिहिवार एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा ९४ जना पिसिआर परिक्षणबाट ४४ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ३४ जना, दोधारा चाँदनीमा ६ जना, वेदकोटमा ११ जना, शुक्लाफाँटामा ३ जना, पुर्नवासमा ५ जना, कृष्णपुरमा २ जना, र गडडाचौकीमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ४ सय ६९ पुगेको छ । आज ३५ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ५ सय ७७ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।







